काठमडौं /अर्बौ लगानीमा बनेको काठमाडौं बाहिरका एरर्पोटहरु अब भने सञ्चालनमा आउने सम्भावना बढेको छ । काठमाडौं भन्दा बाहिर पोखरा र भैरवामा पनि उडान अवतरण हुने गरि पर्यटन तथा उड्यन मन्त्रालयबाट तीन देशसँग सम्झैता भएको कुरा स्रोतले जनाएको छ । हालसम्मको तयारीअनुसार रुवाण्डासँग नेपालमै सम्झौता हुने भएको छ भने इन्डोनेसिया र स्वीटजरल्याण्डसँग सम्बन्धित देशमै जानुपर्ने भएको छ । ३ वटै देशसँग कम्तीमा हप्ताको १४ वटा उडान हुने गरी सम्झौता हुने भएको छ । यस्तो सम्झौतामा नेपालका दुवै देशले सबै विमानस्थलमा उडान अवतरण गर्ने गरी सम्झौता हुने भएको छ ।

हाल काठमाडौं विमानस्थल मात्रै अन्तर्राष्ट्रिय वायु सेवाको प्राथमिकतामा रहेकाले अब हुने सबै सम्झौतामा बाहिर उडान गर्नेलाई मात्रै काठमाडौं आउन पाउने व्यवस्था गराउन खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार नयाँ सम्झौतामा हवाई क्षेत्रले पाउने सबै सुविधा सहित हुनेछ । यस्तो सम्झौतामा नेपालले विदेशी वायु सेवालाई जुनसुकै प्रकारको जहाजबाट उडान गर्न पाउने र फिफ्थ फ्रिडमको सुविधा दिने भएको छ भने नेपालले पनि सोही अनुसारको सुविधा खोज्ने छ । द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार एउटा देशले जति सेवा सुविधा पाउँछ, अर्कोले पनि उति नै पाउने छन् ।  नयाँ मुलुकसँग हुने हवाई सेवा सम्झौतापछि नेपालबाट सिधा उडान पहुँच पुग्ने देशको संख्या ४३ वटा हुने भएको छ । हाल ४० देश र युरोपेली युनियन (ईयू) सँग १ उडान सम्झौता भएको छ ।

अहिले पनि नेपालबाट १६ देशका ३० वटा वायु सेवाले उडान गरिरहेका छन् । यी वायु सेवामध्ये नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्नेको संख्या ३ वटा छ । नेपालबाट अन्तर्राष्ट्रियको उडान अनुमति लिनेमा बुद्ध एयर, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स मात्रै छ । बाँकी २७ वटा अन्तर्राष्ट्रिय उडानका विदेशी वायु सेवाले नेपालमा उडान गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर