मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई भदौ महिना निकै उपलब्धिमूलक रहनेछ। तर लक्ष्यको उचाइ प्राप्त गर्न केही समय लाग्न सक्छ। सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिए पनि सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ। पशुपालनबाट लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। नियमित आयआर्जन हुनाले पुरानो कर्जा घटाउने समय छ। विदेश ताक्नेहरूलाई महिनाको उत्तरार्धमा यात्राको साइत जुर्न सक्छ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। नोकरीमा अरूको दबाब झेल्नुपर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा धेरै उपलब्धि नभए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। तत्काललाई केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई भदौ महिना निकै उत्साहवद्र्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल बिग्रन सक्छ। आफ्नो उपलब्धिमा पनि अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई भदौ महिनामा केही चुनौती देखिए पनि उपलब्धि प्राप्त गर्न सफल भइनेछ। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। केही विवादास्पद जिम्मेवारी आउनेछन् तापनि समयले साथ दिनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र केही उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले वादविवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउन सक्छ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई भदौ महिनामा उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सानो काममा लामो समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्नेछ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई भदौ महिना केही संघर्षमय रहनेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सञ्चित रकम किनमेलमा खर्च हुनेछ भने लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्ने सम्भावना छ। आशा देखाउनेहरूले झुक्याउन सक्छन्। परिस्थिति अनुकूल नभएसम्म नयाँ कार्ययोजना अघि नबढाउनुहोला। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। प्रतिज्ञा पूरा नगरे पनि आफन्तसँग नम्र व्यवहार गर्नुहोला। महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई भदौ महिना फलदायी रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले भने वादविवाद निम्त्याउन सक्छ। भौतिक साधनमा क्षति पुग्न सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई भदौ महिनामा विशेष अवसर प्राप्त हुनेछन्। तर समयमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। घरका समस्याले सामाजिक काममा बाधा पुर्याउन सक्छ। आफ्नैले उल्झनमा फसाउन सक्छन्। अरूको भरपर्दा काममा धोका पाइनेछ। आलस्य गर्ने प्रवृत्तिले अध्ययनको लक्ष्य प्राप्त नहुन सक्छ। नियमित प्रयास गर्दा कर्मसिद्धि हुनेछ। प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने समय छ। लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ। महिनाभरि संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सफल भइनेछ। तर आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई भदौ महिना सामान्य फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। खर्च लागे पनि स्रोत–साधन जुटाउन सकिनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ कार्य थालनी हुन सक्छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै सामान्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्न सकिनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई परिस्थिति अनुकूल नहुनाले भदौ महिना केही संघर्षमय रहनेछ। स्वास्थ्यमा पनि समस्या देखापर्नेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउनेछ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई भदौ महिना केही उतारचढावमय रहनेछ। कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। किनमेल, यात्रा र भेटघाटले महिना केही खर्चिलो रहनेछ। अवसर आए पनि समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्यांकन कमजोर हुनाले लाभांश घट्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा पनि केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई मिहिनेत गर्दा यो महिना विशेष उपलब्धिमूलक रहनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। थालेको काम सम्पादन हुनेछ।