
नेपाल भ्रमणकालागी चिनिीया सेना आज दिउसो नेपाल आउने स्रोतले जनाएको छ । स्रोतका अनुसार चिनियाँ जनमुक्ति सेनाको एक प्रतिनिधिमण्डल तथा चीनको तिब्बत सैन्य कमाण्डका मेजर जनरल यू एन्देको नेतृत्वमा चिनियाँ सेनाको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार नेपाल र चीनबीचको रणनीति संवादलाई बढाउने उदेश्यले चीनीया सेना नेपालको भ्रमणमा तीन रहने स्रोतले जनाएको छ ।
यसैबीच भ्रामणका क्रममा चिनियाँ सेनाको टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहित उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतसँग पनि भेट्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको हो ।



यी भेटवार्ताहरूमा द्विपक्षीय सैन्य सम्बन्ध र सहयोग, सीमा सुरक्षालगायत विषयमा छलफल हुने छ।