काठमाडौं /नेकपा (माओवादि) केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण बहादुर महराले दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन प्रकरणमा आफू समलग्न नभएको जिकिर गरे। बिनाकारण सुन प्रकरणमा मलाई सञ्चारमाध्यमले मुछिरहेका छन्, ‘यसरी हुँदै नभएको कुरा गलत प्रचार गरिनु सही होइन उनले भने । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको र त्यही रूपमा मात्रै कुरा गरेको बताएका छन् । सोही क्रममा आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्न वाङ आँफूकहाँ आएको भने महराले स्वीकारे।

आफूले भन्सारका कर्मचारीलाई हेरेर कानुनअनुसार कार्वाही गर्नु भनेर आग्रह गरेको बताएका छन् । उहाँका अनुसार वाङलाई मैले फलफूल व्यापारिको आधारमा चिनेका तर सुन तस्करको बारेमा चिनेको थिएन् । आंशका लाग्छ भने राज्यलाई सहयोग गर्न म तयार छु भनी एक कार्यक्रममा भनेको स्रोतले जनाएको छ । ममाथि भएको सबै प्रचारबजी मिथ्या आरोप मात्र हो भनेर महराले भने । म सरकारलाई जतिबेला पनि सहयोग गर्न तमतयार रहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर