काठमाडौं गत विहिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका साँसद शुनिल शर्मा सहित विभिन्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूले एसएलसी र प्लस टु (आईएस्सी(को प्रमाणपत्र नक्कली बनाएर एमबीबीएस अध्ययन गरेको सीआईबीको आरोप छ। सोहिदिन लोकथन्लीमा रुममा बसिरहेका डा। रञ्जितकुमार यादवलाई पनि सीआईबीले बिना पक्राउ पूर्जी यादवलाई नियन्त्रणमा लिईएको थियो । यादव महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. यादवको प्रमाणपत्रहरू नक्कली नभएको पुष्टि भएपछि उनलाई सीआईबीले आइतबार हिरासतमुक्त गरेको छ। हिरासत मुक्त त भए तर उहाँप्रतिको मानसिक चेतनाको भागिदार को रहने भन्ने विषयमा कुरा चल्न थालेको छ ।

                          उहाँ भन्नुहुन्छ 

आफू सक्कली चिकित्सक हुँदाहुँदै पनि नक्कली भनेर प्रहरीले पक्राउ गरेपछि आफूले भोगेको पीडा डा। यादवले यसरी व्यक्त गरेका छन् । राज्यले नक्कली चिकित्सक पक्राउ गर्न चलाएको अभियानलाई म उत्कृष्ट भन्छु। तर अनुसन्धान नगरीकन सक्कली चिकित्सकलाई पनि नक्कली भनेर पक्राउ गर्दा दुःख लागेको छ। मलाई पक्राउ परिसकेपछि जसले पनि ‘नक्कली डाक्टर’ भनिरहेका छन्। यसले मानसिक रूपमा पीडा दिएको छ। चार दिनपछि सीआईबीले म दोषी नभएकै कारणले छोडे पनि मानिसहरूले त मलाई नक्कली हो भनेर बुझिरहेका छन्। कि त म नक्कली डाक्टर होइन भनेर टाउकोमा बाँधेर हिँड्न पर्‍यो, कि भेटिएका जतिलाई होइन भन्नुपर्‍यो। त्यति भनेन भने त मलाई अब कसैले पनि विश्वास गर्ने अवस्था नै रहेन। यो राज्यको ठूलो कमजोरी हो।

सक्कली डाक्टरलाई नक्कली भनेर राज्यले नै भनेपछि योभन्दा ठूलो अपराध के हुन्छ? यसमा मेडिकल काउन्सिल र सीआईबी दुवैको त्रुटि छ। मेडिकल काउन्सिलले फाइल पठाउँदा भित्र अर्कैको सर्टिफिकेट पठाउने र सीआईबीले पक्राउ गर्ने, सीआईबीले फाइल आयो भनेर जथाभाबी गर्न त भएन नि। कसलाई पक्राउ गर्दै छु र कोमाथि अनुसन्धान गर्दै छु भनेर बुझ्नुपर्ने हो। त्यो बुझेन।

यो घटनाले नेपालमै बस्न नपरोस् भन्ने लागेको छ। बाहिर गएर पढ्ने र त्यहीँ काम गर्ने सोच बनाएको छु। म अब पढ्न नै नसक्ने स्थितिमा पुगेको छु। गाउँको मानिसले समेत मलाई नक्कली डाक्टर भन्न थालिसके। म निर्दाे‍षलाई यसरी अनाहकमा पीडा दिने निकायमाथि राज्यले अनुसन्धान गरेर कारबाही गर्नुपर्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर