
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट भन्सार पास भएर सिनामंगलमा बरामत गरिएको सुन आज नेपाल राष्ट्र बैंकको महाशाखा टक्सारले जाचपास गर्दा ६० किलो ७८९ ग्राम मात्र भएको छ । गत साउन ४ गते राजश्व अनुसन्धान विभागले स्कुटरको ब्रेशुसहित टक्सार महाशाखामा जिम्मा लगाईएको थियो । राजश्व अनुसन्धान विभागको कर्मचारी उपस्थिति नभएको कारण हिजो अस्तीसम्म सुन तैलीएको थिएन् भने महाशाखाले आज नापजाँच गरी सो परिणाम निकालेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार उक्त सुनलाई भोलि बिहान साढे १० बजे गालिनेछ ।
शुरुमा १०० केजी रहेको प्रारम्भिक तथ्यांक निस्किएको थियो भने आज नापजाँप गर्दा सुन जम्मा ६० केजि मात्र रहेको कुरा स्पष्ट आएको छ । यसरी ४० केजीको तलमाथि हुनुको कारण भने अहिल्यैसम्म खुलेको छैन् र यसको विषयमा कसैले पनि केहि आवज उठाएको छैनन् ।


