अहिल्यै यो मुठी खाएर मुरी उब्जाउने समयमा किसानलाई धरै मर्का परिरहेको छ । समयम वर्षादनभएर एकातिर चटारो थियो भने अब फेरी वर्षाद र बादल, जुका र जङ्गली जनावरको डर नेपाललाई एक कृषिप्रदान देश भनेर घोषित भएतापनि अहिल्यै कृषको लागी त्यो एउटा कथा मात्र भएको छ । नेपाल एक भूगोलको हिसाबले हिमाल, पहाड र तराई भेग गरि तीन तहमा छुटिएको देश हो । अहिल्यै विभिन्न जिल्लामा कृषकालाई बादर,बदेल,मृग, दुम्सी विभिन्न जङ्गली जनावार देखि लिएर चराचुरुङ्गीलेसम्म सताउने गरेको कृषकको गुनासो सुनिन्छ ।
जङ्गली जनावरलाई मास्न नि नदिने र कृषकलाई मारमा पारेको विगो सरकारले नतिरीदिने र वर्षौ लगाएर उब्जाएको खेति एक रातमा सबै सखाब बनाउछ भने कृषकको लागि के आम्दानी हुन्छ । आयस्रोत नभएका किसानहरु त्यही त्यही बालीमा सिमित हुनुपर्ने बाध्यता रहेको छ तर सरकारले समयमा बिऊ , बिजन र उचित किसिमको लगानी नगरेको कारण सबै बस्ती, गाउँहरुमा खेति गर्न छोडि विदेशिन वाध्य भएको पाईन्छ । भनौ हिमाली भेगमा वर्षमा एक खेति हुन्छ एक बाली पाक्नको लागि १२ महिना कुर्दा खेरि त्यतीबेला के आम्दानीले घरखर्च चलाउने त्यसकारण युवा विदेशीनुको मुख्य कारण विदेश नजाउँ केही छैन् । घर छोडेर काठमाडौं बसैं व्यावसाय गर्ने ठाउँ छैन् बाटोमा बसौ बालेनले लखेटछ विडम्बना नेपाली युवाको । यसै सन्र्दभलाई मध्यनजर गर्दा सरकारले कृषकको लागि के नीति अपनाउने सरकारलाई कुर्सीमा लडदा नै ठिक्क र जनतालाई जङ्गली जनावरसँग लडदै ठिक्क आलोचना कस्को गर्ने र आत्मालोचना कसलाई सुनाउने । साशन र सक्तमा जाने सरकारहरु आफू–आफू भ्रष्टचारको दोष लगाएरै ठिक्क गाउँगाउँमा जनताहरु आफ्नो पेट पाल्न नै ठिक्क अनि देशको मुहार कसरी फेरिन्छ । कहिल्यैबाट देशमा शान्ती छाउछ ।
देशमा शान्तिको बिगुल बजाउने हो भने पहिला यो सबै भ्रट नेताहरुको विगुल फुक्न नै पर्छ र यस्ता सरकारको उच्च आहोदामा रहेर भ्रष्ट गर्ने सबै कर्मचारी बद्लीनुपर्छ । प्रशासन सबै परिवर्तन हुन जरुरी देखिन्छ हैन् भने नेपाललाई अबको ५ वर्षमा श्रीलंका बनाउन बेर छैन् । त्यसैले सरकार परिवर्तन हुन जरुरी छ ? अब भ्रष्टवाद हैन् समाजबाद चाहियो । अब न्यायलय हैन् । कार्यन्वयनलय चाहियो । कृषकको लागि उचित मूल्य र मान्यता राखियोस् किसानको कदर गरियोस । अनि कृषि क्रान्ती गरियोस आयत हैन् निर्यात गरियोस देशमा शान्तिको लहर छाईयोस् ।
संघर्ष किराती