
काठमाडौं /आजको युगमा इन्टरनेटले मानिसलाई कतिलाई फाईदा प¥याईदियो भने त्यही इन्टरनेटलाई सदुपयोग नहुँदा कतिको ज्यानसम्म गएको खबर पाईएको छ । । यसै सनर्दभमा हुम्ला जिल्लाको मानसरोवर बहुमुखी क्याम्पसमा आईताबारबाट बिए र बिएड दोस्रो वर्षको परिक्षा सञ्चालन हुने क्रममा हुम्लामा नेपालगन्जबाट जहाँज नजादा विद्यार्थीहरुले इमेलमार्फ प्रश्न पत्र निकालेर प्रिन्ट गरि परिक्षा सञ्चान भएको कुरा हुम्ला मानसरोवर बहुमुखी क्याम्पसका प्रधानध्यापक दिपक भण्डारीले बताएका छन् । उहाँका अनुसार नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो ।
हुम्ला जिल्लामा राष्ट्रिय सडक सम्म नजोडिएको कारण त्यहाँको विकल्प एकमात्र उडान सेवा रहेको भण्डारीले बताए । उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए। इमेलमा गएको प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए ।क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए ।


