काठमाडौं /शनिबारबाट अत्याधिक वर्षाका कारण धार्मिक स्थल मनाङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने धार्मिकस्थल कागबेनीमा आईताबार राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति पुगेको स्रोतले जनाएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए । उनका अनुसार कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् । राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ, उनले भने, तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ ।

स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन । अध्यक्ष गुरुङका अनुसार विभिन्न बस्तीहरुमा मानविय क्षति नभएको तर आर्थिक क्षेति भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर