
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार हुँदै गर्दा मन्त्रीमण्डलमा जनमत पार्टीलाई सहभागी गराउने र जनमत पार्टी सहभागी हुने भएको छ । मन्त्रीमण्डलमा भागबन्ड नमिलेको कारण गत चैतमा जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत पार्टीलाई आज(आईताबार) नै सरकारमा सहभागी गराउने भएका छन् ।
गत असार २७ गते नै जनमत पार्टीलाई सरकारमा सहभागी गराउने थिए तर दाहालको पत्नी सिता दाहालको निधनको कारण समय फेरबदल भएको स्रोतले खुलाएको पाईन्छ । आज दाहालले जनमत पार्टीका अनिता देवी शाहलाई सरकारमा सहभागी गराउनेछन् । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागि एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ । जनमत पार्टीबाट अनिता देवीको नाम पहिला नै सिफारिस भएको स्रोतको भनाई छ । माओवादी केन्द्रबाट बाहिरीने मन्त्रीको नाम गोप्य राखिएको छ । स्रोतका अनुसार सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किराती ‘रेड जोन’मा रहेका छन् । संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढिको बनाउन पाईने छैन ।


