
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारको नेतृत्व हुँदै गर्दा विभिन्न मिटर व्याजी प्रकरण, १०० किलो सुन र ललिता निवासका भ्रष्ट्रचारका कुरा देखि नक्कली भुटानी शरणर्थीको बारेमा छानविन भई रहँदा ललिता निवास प्रकरणमा पूर्व प्रधान मन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि जिल्ला अदालतबाट छानबिनको पत्राचार हुँदै गर्दा बाबुराम भट्टराईले आज सुर्खेतको एक कार्यक्रमा छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए।
चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिएर ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए।


