
काठमाडौं/ गत असार १४ गते गोरखा नगरपालिका वडा नं ७ सतिपिपलका चन्द्रमान शाहिको घरबाट पादर्शी ढुङगा प्रहरीले आफ्नो कब्जामा लिई राखेको ढुङगा खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले अनुसन्धान गर्दा क्वार्ज क्रिष्टल भएको पुष्टी भएको र उक्त ढुङगा अहिल्यै व्यक्तिको हुन नपाउने उक्त बहुमूल्य क्वार्ज क्रिष्टल खानी तथा भूगर्भ विभागमै बुझाइदिन उहाँहरूको अनुरोध छ,’ ।
भूगर्भविदहरूले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभाग बुझाउनुपर्ने बताएका छन्। उक्त ऐनको दफा २५ मा ‘अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ। यसरी उक्त धातु बहुमुल्य हुँदा अहिल्यै राज्य तीन तहमा विभाजन भएको हुनाले स्थानीय सरकारको पनि आफ्नो हक दावी गर्न पाउने भएकोले त्यहाँको स्थानिय नगरपालिकाको निर्णय भने गोरखा दरबारको ‘ संग्रहालयमै राख्न हामी गृह मन्त्रालयलगायत निकायमा पत्राचार गर्दैछौं, नगरपालिका पनि सरकार हो,’ मेयर कृष्णबहादुर रानाको भनाई र त्यहाँ राखे परापूर्व देखि पुजदै आएको ढुङगा त्यहाँ पुज्न सकिने भन्ने छ ।



भूगर्भ विभागको भनाई काडमाडौं लैजाने भन्ने तर्क छ, यस विषयमा कुनै निकर्ष आएको छैन् । एकातिर त राज्य र स्थानिय सरकारको नै कुरा स्पष्ट नभएको छ भने उक्त धातुको घरधनी राममायाले राहत पाउने कि नपाउने यस विषयमा कुनै पनि छलफल नभएको । यस विषयमा जनताको चासो गुनासो बढेको देखिन्छ ।