
सघंर्ष किराति
काठमाडौं /दोलखा जिल्ला बैतेश्वर गाँउपालिका वडा नं. ७ निवासि वर्ष २३ का विश्वराज श्रेष्ठ दोलखाबाट वैदेशिक रोजगारिका निम्ती फ्रान्स जानकालागी कागजात सहित काठमाडौं आउने क्रमका लिसंखुपाखा गाँउपालिका वडा नं. ७ स्थित १६ किलोमा मंगलबार एकआपसमा बससगँ मोटरसाईकल ठोकिन पुग्दा श्रेष्ठ रोडमा लडेर हारगुहारको याचाना गरिरहँदा त्यहीका बासिन्दाहरु एकआपसमा कुनै मानिसप्रतिको भावना नजगाई सामाजिक सञ्चालमा फोटो अप्लोड गर्न मात्र तम्सेको देखिन्छ ।



दुर्घटना भएको झन्डै आधा घन्टापछि लिसंखुपाखका प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्याएको थियो । अस्पतालले रक्तस्राव रोक्न नसक्ने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो । काठमाडौं ल्याउने क्रममा अत्यधिक रक्तस्रावका कारण विश्वराजले काभ्रेको साँगा पुग्दानपुग्दै देहत्याग गरे ।
यो तसबिर अहिल्यै सामाजिक सञ्जालभरि सर्वत्र भईरहदा अहिल्यै देशमा सरकार जम्मा तीनतहमा विभाजन भई यस्ता विभिन्न सानातिना समस्या र घटना परिघटनाहरुलाई निरुसाहित पार्ने उदश्यले राज्य विस्तार भएकोमा यसरी एक युवाको बाटोमा आधाघण्टा जति हारगुहार हुँदा पनि सामाजिक सुरक्षमा सदैव जनताको साथी भनौदा पुलिस प्रसाशनसम्म नपुग्दा देशमा कुन राज्यशक्तिको सशक्तिकरण हुँदैछ भन्ने बुझाई आम जनमानसमा भिजेको पाईन्छ । एकातिर मृतको परिवारमा आमा बुवा बेहोस अवस्थामा छन् भने अर्कोतर्फ यो तस्वीर देखेर आम मानिसमा यस्तो भावना जागेको छ कि राज्यमा कुनै खालको स्वास्थ राम्रो नहुनुको कारण र एकातर्फ राज्यले देशका युवाहरुलाई उचित रोजगार दिन नसक्नुको फाईदा यो तस्वीरमा देखिन्छ । राज्य शक्तामा जानेबेला नेताहरुले युवाहरुको बलबुतो लिएर राज्यमा पुग्छन् भने राज्यमा पुगेपछि नेताहरुले युवाहरुलाई विदेशतिर नै धकेल्ने प्रयास गर्दछन् । कहिल्येसम्म यस्तो विडम्बना सहने युवाहरुले ।