काठमाडौं/ गत साउन २ गते काठमाडौंको सिनामंगल स्थित १०० किलो सुन बरामत गरेपछि अहिल्यैसम्म आम जनमानसमा खुल्दुलीको विषय रहेको छ कि यो १०० किलो सुन कस्को भन्ने यो विषयमा विभिन्न आलोचनाहरु आउन थालेका छन । यस विषयका प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र नबनाउने प्रतिपक्ष र सत्तापक्षको अडानको चेपुवामा संघीय संसद परेको छ । यस विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ ।
यस विषयमा प्रधानमन्त्री दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकरपटक एक्लै र सामूहिक भेट भइसकेको छ । सोमबार पनि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच दिनभरजसो संसदको अवरोध खुलाउने विषयमा छलफल भयो । तर दलहरु सहमतिमा पुग्न सकेनन्, यता राष्ट्रियसभा बैठक एमालेले अवरुद्ध गर्यो भने प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भयो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रधानमन्त्री प्रचण्ड एमालेलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक नरहेको विषयमा कन्भिन्स गर्ने प्रयासमा छन् । उनका अनुसार तीन ठूला दलका शीर्ष नेताहरुको छलफलमा प्रचण्डले भनेका छन् ‘सरकारको निकाय प्रतिस्पर्धी छ, सक्षम छ । त्यसले अनुसन्धान गरिराखेको बेला बीचमै अर्को आयोग ९उच्चस्तरीय छानबिन समिति० गठन गरेर अलमल्याउने खालको काम हुन सक्दैन ।’
यसैसँगै अव ‘राजश्व अनुसन्धान विभागले आफ्नो अनुसन्धानलाई नेपाल प्रहरीतर्फ पठाइरहेको छ । अब नेपाल प्रहरीले कहाँ पठाउने ?’ यो प्रश्न सबै जनमानसमा फैलीएको छ ।