काठमाडौं/ संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई राजदूत पदमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ त्यसैगरि गणतन्त्र मौरिससका लागि र गणतन्त्र जाम्बियाका लागि तथा गणतन्त्र चिनका लागि नेपालका राजदूत विष्णु कुमार श्रेष्ठलाई र प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पैडेलले ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर