काठमाडौं/ न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षा हुने प्रक्षेपण मौसमविदको छ ।

मधेशमा प¥याप्त पानी नपरेको कारण किसानहरुको कृषिवालीमा समस्या आएको र यस तीनदिन हुने वर्षाका कारण कृषकहरुको लागि केहि खुसि मिल्ने र उक्त दिन दिन पर्ने पानीका कारण विभिन्न क्षेत्रमा धान रोपाई नसकिएको र मौसम परिवर्तन भयो भने कृषको मुहारमा परिवर्तन ल्याउने मोसम विद सञ्जीव अधिकारीले हिमालयन टाईकुनसँग बताउनु भयो ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर