काठमाडौं/ राष्ट्रयगानका लेखक व्याकुल माइला(प्रदिप कुमार राईले लेखेको नगरगान हलेसी तुवाचुङ नगरपालिकामा अस्वीकृत गरिएको छ । राष्ट्रगान लेखकले लेखेको नगरगान अस्वीकृत भएको थाहा पाउनेले विभिन्न प्रतिक्रिया दिएका छन् । राष्ट्रगान लेखिसकेकाले नगरगान लेख्नु अस्वाभाविक र लेख्न नपाईने होइन । तर अहिल्ये यो विषयमा विभिन्न क्रिया प्रतिकृयाहरु पाईएको देखिन्छ ।
नगरगानको विषयमा विभिन्न विषयवस्तुमा रहेर आलोचना गरेको पाइन्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई मौका दिने हो भन्नेको एकातर्फको बुझाई देखिएको पाइन्छ । भने एकातर्फको विषयवस्तुलाई नसमेटिएको भन्ने बुझाइ छ । यसरी राष्ट्रगान लेखिसकेको लेखकले लेखेको नगरगान अस्वीकृत हुनु भनेको सर्जकको सिर्जनामाथिको गम्भीर आरोप देखिन्छ । यो नगरगानको विषयलाई अन्तीममा हेर्दा विभिन्न विषयलाई लिएर एक कलाकारले अर्कोकलाकारलाई उचालेर पच्छारने जस्तो देखिएको छ । व्याकुल माईलाले राष्ट्रगान लेखिसकेकोले यस नगरगानमा अस्वीकृत हुनु भनेको जोकोही सर्जकमाथि भएको अमानविय व्यावहार देखिएको पाईन्छ । जो कोहिले पनि सर्जकको सिर्जनामाथि रहेर आलोचना गर्नु भन्दा पहिला आफू पनि सर्जक भएर सिर्जना गर्दा कस्तो प्रतिकृया आउछ भन्ने विषयलाई नियालेर बोल्दा आवश्यक देखिन्छ । यसरी राष्ट्रिय गानका सर्जकमाथिको यो अमानविय व्यावहारले राष्ट्रको हितकोलागि चिन्ताको विषय देखिन्छ ।