काठमाडौं/ नेपालको राष्ट्रको हितको लागी भनेर लाग्ने जनताको सेवामा लागी रहने राष्ट्रनिमार्णमा कुनै आँच आउन नदिने भनेरनै नेपाल प्रहरी भित्र प्रवेश गर्दाबाट नै सफत गराईएको हुन्छ । तर उनीहरुले राष्ट्रको र जनताको लागी कुनै पनि गतिला काम गर्दैनन् कतिपय कुरा आम जनताले थाहा पाउन् सक्छन् भने कतिपय जनताले थाहा नपाई नै अप्रिय घटना घटाएर नेपाल प्रहरी भित्रनै गुपचुप बनाईन्छ । जसको पहुँच पुग्छ त्यसले नै सबै कानुनलाई हातमा लिएर निर्दोष भएको व्यक्तिमात्र समाएर हिरासतमा छानबिन भनि राखिन्छ ।
यसरी छानबिनको क्रममा पनि विभिन्न अप्रिय घटनाहरु घटाईएको पनि कहि कतै सुनिन्छन् हिरासतमा राखिएको अपराधी भनी लगीएकोलाई तथानाम गाली गलोज गरि नगरेको कुरालाई हो भन्ने बनाइृ दोषि देखाई कार्वाही सुरु गराउने नेपाल प्रहरी नै हुन् । यसै बिच नेपाल प्रहरी भित्रको विभिन्न घट्ना परिघटनाहरु हामीले सुन्दै आएका छौै । यसैगरि तामाङ,मगरभित्रको दाजुबहिनी भित्र हाँडनातामा बिवाह हुन्छ भनी एक टेलिभिजनमा अधिवक्ता शितल पाण्डेले बोलेको कुरालाई लिएर अदालतबाट पक्राउ पूर्जि जारि भएर नि नेपाल प्रहरीले पक्राउ नगरेकोमा आन्दोलनकारीहरुमाथि उल्टै अमानबिय व्यावहार गरि देशमा धर्म युद्ध गराउने नियतले नेपाल प्रहरी उत्रीएको कारण नेपालमा कानुन् जनतालाईमात्र लाग्ने भन्ने कुरा प्रष्ट देखिएको पाईन्छ ।
यसरी कुनै पनि हिसाबमा आफ्ना मर्यादामाथि अन्या गराउन बाध्य बनाउने माफिया भनेको नै नेपाल प्रहरी देखिन्छ । यसरी आफ्नै जनतामाथि तथानाम गाली गलोज गरि निदोर्षीलाई दोषि ठहराउने कानुन् नेपालको पुलिस प्रसाशनबाट हटाईयोस साथै गुण्डागर्दी पारामा कानुन मिच्ने नेपाल प्रहरीलाई गृहमन्त्रायबाट कानुन बराबर हुन्छ भन्ने पाठ सिकाउन जरुरी देखिन्छ । यसैगरि तामाङ समुदायकका एक आन्दोलनकारी निरुता मोक्क्तानको भनाई अनुसार नेपाल प्रहरीका महिला प्रहरीबाट समाएर भित्र हिरासतमा राखेपछि गोप्य अङ्गमा समेत नेपाल प्रहरीका पुरुष कर्मचारीहरुले दुव्र्यावहार गरेको र गोप्य अङ्गमा समेत हिर्काएको उहाँको अभिव्क्ता सुनिन्छ । यसरी यो अमानविय कार्य रोक्न गृहमन्त्री नारायण काजी श्रेष्ठ तत्काल रोक्नुपर्छ भन्ने अभिव्यक्ति दिईएको मोक्क्तानको रहेको छ ।