काठमाडौं प्रदेश नं १ कोशी प्रदेशको भौतिक पूर्वधार तथा शहरी विकाश मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टी पाँचथर जिल्ला अध्यक्ष तथा माननीय कमल प्रसाद जबेगु लिम्बु नियुक्ति हुनु भएको छ । बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएसँगै गठबन्धनको बहुमत र्पुयाउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री बन्नेकाछन् ।

यसैगरि कांग्रेसका प्रदीप सुनुवारलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिईएको थियो भने प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर