
काठमाडौं प्रदेश नं १ कोशी प्रदेशको मुखयमन्त्रीमा उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशको चर्को आलोचना हुँदै गर्दा राज्यमा मुख्यमन्त्री फेर भैरहदा प्रदेशले फेरी पनि किरात प्रदेश पाउँला कि नपाउँला भन्ने विषयमा जनताको चिन्ताको चासो भएको छ ।


