काडमाडौं /साउन १६ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमा आफ्नोे पार्टीको तर्फबाट नेताहरु जति बन्नु पर्ने इमान्दारी तर बन्न नसकेको बताएका छन् । नेपालले भने देश बनाउनु छ भने भित्री भावनाबाटनै देशको लागी केही सोच्नु पर्छ र सोचेको कुरालाई व्यावहारमा उतारन सक्नु पर्दछ अनि मात्र देशले केही आकार लिन्छ भन्नुभयो । नेपालले भने, ‘हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ। हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ। हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौँ। देशको हितलाई केन्द्रबिन्दुमा राख्यौँ भने देशलाई आँच आयो भने हाम्रो स्वाधिनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरुलाई त्यो स्वीकार्य हुँदैन।’
नेपालले भन्नुभयो आफ्नो सन्तान प्रतिको माया ममंता र देश प्रतिको माया, सधैनै एकनास रहनु पर्छ कुनै सन्तानलाई काखा कुनै सन्तानलाई पाँखा गरेजस्तो गरियो भने आफ्नो स्वाधिन्ता,अखण्डतामाथि प्रश्नचिन्ह खडा हुन्छ त्यो प्रश्नचिन्ह खडाहुन कहिल्यै दिनु हुदैन् । यदि यस्तो खालको कुनै गतिविध भएमा यो अमान्य हुनेछ र यस्तो प्रविति कहिल्यै हुनु हुदैन् उहाँले भन्नुभयो ।
फोटो फाईल


