काठमाडौं साउन १६ संघिय मामिला तथा सामान्य मन्त्रालयले सोमबार बसेको वैठकमा सामाजिक सञ्चाल टिकटक मार्फत देखिएको दमक नगरपालिकाका अधिकृत निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुनु भन्दै पत्र काटेको हो।‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ। निरौलाले भने भिडियो काठमाडौंको भएको दाबी गरेका छन्। निरौला यस अघि पनि पटक–पटक विवादमा पर्दै आएका ब्यक्ति हुन।

ताप्लेजुङको सीडीओ हुँदा पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए भने झापामा सहायक सीडीओ हुँदा जग्गा किर्ते प्रकरणमा पनि परेका थिए। अधिकृतसगँ मदिराको तालमा आफ्नो श्रीमान हो भन्ने महिला त्यही नगरपालिकाको एक व्यावसायिकको पूर्व श्रीमती भन्ने कुरा त्यही नगरपालिकाको बासिन्दाले जनाएको छ । साथै डमरु प्रसाद निरौलाको श्रीमती पनि उपसचिव रहेको जनाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर