काठमाडौं /मानिस एक सामाजिक प्राणी त्यसमाथी पनि एक जनताको मनोभावलाई बुझेर सधै जनताको हकहित र सहजताको लागी राज्यको लालनपोषणमा सरकारी जागिरमा सेवा लिएर स्थानीयतहदेखि नै राज्यलाई बलियो बनाउनु पर्छ भन्नु त कता कता आफ्नौ हैसियत विर्सेर योन रसलिलामा सामेल हुने एक कर्मचारी तथा झापा जिल्लाको नगरपालिको प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौलाको टिकटक अकाउन्टबाट एक महिलासँग मदिरा सेवन गरि चुम्बनको तालमा बाचेको सरकारी कर्मचारीको अवस्थाले सामाजिक सञ्चालमा विछिप्त छाएको छ । यसरी कार्यलयको क्वाटरमा नै गरिएको अनैतिक गतिविधको भिडियोले सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रुपमा सम्बोधन गरे पनि उनी निरौलाकी पत्नी भने नभएको र श्रीमति जस्तै मात्र भएको भनेकी छिन् । भिडियोमा महिलालाई अंकमाल गर्दै चुम्बन समेत गरेको देखिन्छ । मदिराले लठ्ठ देखिएका निरौलाका दुई सन्तान र श्रीमती भने काठमाडौंमा बस्दै आएका छन् ।

दमक नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले टिकटकमा महिलासँग देखिएको व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको दावी गरेका छन् । उनले भने, ‘भिडियोमा देखिएका व्यक्ति निरौला नै हुन, यो क्वार्टरमै त्यस्तो गतिविधि भएको पुष्टी भए दोषीलाई कारबाही हुन्छ ।’

नगर प्रमुख राम थापाले भने घटनाबारे आफू अनभिज्ञ रहेको बताउँदै पन्छिएका छन् । निरौला मेयर थापाका नातेदार पनि हुन् । माओवादीका स्थानीय नेता तीर्थराज बस्नेतले प्रमुख प्रशासकीय अधिकृत जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट नगरकै क्वार्टरमा भएको अनैतिक हर्कत निन्दनीय भएको भन्दै उनलाई तत्काल जिम्मेवारीबाट हटाएर कारबाही गर्नका लागि नगरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । नागरिक अगुवा महेश घिमिरेले स्थानीय सरकार चलाउने प्रशासकीय प्रमुखबाट भएको यस किसिमको गतिविधि भर्त्सनायोग्य रहेको बताएका छन् । सामाजिक सञ्जालमा निरौलाको भिडियो भाइरल बनिरहँदा विभिन्न दलका स्थानीय नेता तथा अगुवाहरूले उनको हर्कतको भर्त्सना गर्दै आलोचना गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर