
सोलुखुम्बु जिल्लामा निमार्णाधिन अवस्थामा रहेको सोलुखोला दुधकोशी हाईडो«पावर (८६ मेघावट) मा कार्यरत कर्मचारी,कामदार र स्थानिय बासिन्दाहरुमा गरिएको पछिल्लो परिक्षणमा ५९ जनाको रिर्पोट पोजेटिभ देखिएको छ । बिरामीको अवस्था सामान्य रहेकोले उपचार तथा व्यावस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिईएको थुलङु दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए ।


