काठमाडौं÷ इलाम नगरपालिका वडा नं ७ स्थित रहेको ठूलो टुडिखेल नजिकै एक विलडिङ बनाईएको छ । त्यस विलडिङमा युवाहरुलाई कोरिया पठाउने र स्किल टेस्ट गराउने भनेर भवन बनाई संञ्चालनमा ल्याईएको पाईएको छ । गत वर्ष इलामको फाफोकथुम र माङबेसि गाँउपालिकाले मौसमी भिषामा ५०० युवाहरु कोरिया गए तर उनिहरु नेपाल नफर्कीएकोले त्यस क्षेत्रका सबै युवाहरु कोरिया जान तयार भए लगतै यो भवन बनाईएको बुझिन्छ । अहिल्यै कोरियामा सरकारले मौसमी भिषामा जान रोक लगाएको छ । तर इलामको त्यस भवनमा वेलडिङको सिप सिकाइन्दै गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाएको पाईन्छ ।

इलामका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र करदाता सेवा कार्यालय इलामका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले सुरूमा अनुगमन गरेको थियो।अनुगमनपछि तालिम केन्द्रका प्रोप्राइटर सुरेन्द्रकुमार राईलाई तालिम सञ्चालनको अनुमति पत्र लगायत सम्बन्धित कागजहरू ७ दिनभित्र पेश गर्न भनिएको थियो।तर उनले सात दिनभित्र पनि कागजात पेश नगरेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले परिषदमा पत्र पठाएको थियो। तर अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएको छैन। ‘प्रशासनले अनुगमन गर्यो। छानबिन भयो। प्रचलित ऐन कानुनको विपरीत भए गरेको पाइयो तर त्यसलाई कारबाही गर्ने अधिकार स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई छैन,’ उनले भने, ‘सम्बन्धित निकायमा प्रमाणसहित पठाइएको छ। अहिलेसम्म प्रक्रिया अघि बढेको छैन।’ सुरूमा तालिम लिन ९१ हजार मागेको उक्त केन्द्रले अहिले त्यहाँ सीप सिकिरहेका युवाहरूसँग प्रतिव्यक्ति १६ लाखसम्म माग्न थालेको छ।

सुरूमा तालिम लिन ९१ हजार मागेको उक्त केन्द्रले अहिले त्यहाँ सीप सिकिरहेका युवाहरूसँग प्रतिव्यक्ति १६ लाखसम्म माग्न थालेको छ।तालिम लिएका केही व्याक्तिहरू १६ लाख तिरेर भए पनि कोरिया जाने मनस्थितिमा छन्। तर १६ लाख रुपैयाँ तिर्दा पनि कोरिया जान पाउने हो होइन भन्ने यकिन छैन। उक्त केन्द्रले तालिममा सहभागीहरूलाई चरणचरण गरी काठमाडौं लगेको छ। धेरैले काठमाडौं पुगेपछि कोरिया जान पाइने हो कि भनेर पनि सोचेका थिए। तर काठमाडौंमा लाग्ने तालिमको समय भनेको भन्दा बढी बितेपछि भने उनीहरूले पनि संचालक राईमाथि शंका गर्न थालेका छन्।

तालिम सेन्टरले कोरिया जान १६ लाख लाग्ने बताएपछि कतिपय युवाले कोरिया जान नसक्ने बताउँदै प्रक्रिया नै सुरू गरेनन्।‘पाँच, छ लाख रुपैयाँमा कोरिया जान पाइने आश्वासन तालिम सेन्टरले सुरूमा दियो। अहिले १६ लाख मागेपछि तालिम सञ्चालक राई र तालिम सेन्टरमाथि नै शंका उत्पन्न भएको छ,’ तालिम लिएका एक युवाले भने। धेरैजसो कोरियाको प्रक्रियामा जान नसक्ने भन्दै पहिले तिरेको रकम फिर्ता माग्न थालेका छन्। तर संचालक राई सम्पर्कमा छैनन्।

साभार पोष्ट लोकल सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर