काठमाडौं ÷ सोलुखुम्बु जिल्लामा प्रदेश नं १ क का उम्मेदवार दर्ता दिनुभएका नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटि सदस्य तथा काठमाडौं सम्र्पक मञ्चका अध्यक्ष भीम कुमार शर्माले सत्ता गठबन्धनलाई सहयोग गर्ने गरि आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी हिमालयन टाईकुनलाई दिनुभएको छ । उहाँका अनुसार नेकपा माओवादी केन्द्रका गाोम्बु शेर्पा ( कज्र्याङ ) लाई समर्थन गर्ने गरि आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
शर्माका अनुसार उम्मेदवार दर्ता गर्दा कुनै पनि जानकारी केन्द्रबाट नआएको कारणले उम्मेदवारी दिएका कुरा शर्माले जनाएका हुन । शर्मालाई उम्मेदवारी दिईसकेपछि केन्द्रबाट नै उम्मेदवारी फिर्ता गराउन भनि प्रेश विगपतीसमेत दिएको कारणले आफ्नो उम्मेदवार फिर्ता लिन बाध्य भएको उनको भनाई रहेको छ । प्रदेश नं १ क मा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादी बिच गठबन्धन भएको हुनाले शर्माले गठबन्धनलाई सहयोग गर्ने गरि आफ्नो उम्मेदवार बुधबार फिर्ता लिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर