कामठमाडौं/ डडेल्धुरामा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार उनले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ एमालेले कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई सर्मथन गर्ने निर्णय गरेको भए पनि स्नेहीले केन्द्रबाट प्रष्ट निर्देशन नआएको भन्दै उम्मेदवारी दर्ता गराएका थिए।

उनले बुधबार उम्मेदवारी फिर्ता लिएको एमाले डडेल्धुराका नेता मनोज राईले बताए। उनका अनुसार अब त्यहाँ प्रतिनिधि सभातर्फ कांग्रेस बिपीका मल्ललाई एमालेले समर्थन गर्ने छ। सत्ता गठबन्धनबाट डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन्। डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका प्रतिनिधि सभाका थप २ र प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता गरेको हुन्। यस्तै प्रदेश सभा कमा कांग्रेस बिपीका गणेश जोशी र खमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आजै चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका एमालेका रामप्रसाद न्यैपानेले उम्मेदवारी फिर्ता लिएका थिए । उक्त क्षेत्रमा एमालेले अब कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर