काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षरवीन्द्र मिश्रले स्थानीय चुनावमा पार्टीका उम्मेदवारहरूको अपेक्षाअनुसार परिणाम नआएपछि मिश्रले बुधबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया त्यसो नगरिदिनु होला,’ उनले आज ट्वीट गर्दै भनेका छन्, ‘कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।
आफूले राजीनामा दिएपछि धेरै फोन आइरहेको पनि उनले बताएका छन्। मिश्रले पार्टी अध्यक्षबाट बुधबार राजीनामा दिए पनि पार्टी केन्द्रीय समिति र कार्यसम्पादन समितिका बैठक बसेका छैनन्। उनको राजीनामाबारे पार्टीमा औपचारिक छलफल सुरू भइसकेको छैन।




										
										




