काठमाडौं- पूर्वको धरान उपमहानगर पालिकाको धराने जन्ताको आँखामा बस्न सफल एक व्यतित्वको रुपमा चिनिने व्यक्ति हर्कराज साम्पाङलाई लिन सकिन्छ । स्वातन्त्र उम्मेदवारको टिकट लिई “एक व्यक्ति एक भोट चुनाव चिन्ह लौरामा भोट”को नाराका साथ उनी धरान उपमहानगर पालिकाको विभिन्न गल्ली गल्लीमा आफ्नो अमूल्य मत माग्दै हिड्ने व्यक्ति आज विभिन्न मानिसहरु सामु चिनिएको पाईन्छ । साम्पाङ एक निष्ठा ,पराक्रमी र उर्जाशिल व्यत्तित्व भएको मानिसको रुपमा स्थापित हुन पुगेका छन् ।

उहाँले आफ्नो चुनावको लागी भनेर एक लाख मात्र खर्च गरेको खुलाईएको पाईन्छ । उहाँले धराने जन्ताको निम्ती चतराको पानी धराने जन्ताको लागी ल्याएर खुवाउने वाचाको साथ आफ्नो घोषणा पत्र बनाई विभिन्न सामाजि संञ्जालहरु मार्फत एक्लै कहिल्यै साईकलमा कहिल्यै टेम्पोमा हिड्ने गरेको उहाँको भनाई हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । उहाँले अहिल्यै धराने जन्ताको लागी आफ्नो भरपुर अफिसियल समय दिने बताउनु भएको छ । विभिन्न सामाजिक संञ्जालमा काठमाडौं महानगरपालिकामा उठेका स्वातन्त्र उम्मेदवार बालेन्द्र शाह र साम्पाङ बीच विभिन्न तुलना गरेको पाईन्छ । साम्पाङ एक साधरण व्यक्ति कुनै विषयको उत्तर दिदा पनि सरल सजिलो तरिकाले उत्तर दिने व्यत्तिको रुपमा धराने व्यत्तिसामु चिनिन् पुगे । उहाँले आफ्नो प्रतिद्धन्दी उम्मेदवारलाई किशोर राई (नेपाली कांग्रेस) का उम्मेदवारलाई ४,८२० मतले पछि पार्दै विजयी हासिल गरेको पाईएको छ ।
“एक व्यक्ति एक भोट चुनाव चिन्ह लौरामा भोट” स्वातन्त्र उम्मेदवार साम्पाङलाई यो नाराको माध्यमबाट मात्र हैन् उहाँको एक दशक देखि एता आफू धराने जन्ताको सुख सम्वृद्धिको निम्ती विभिन्न ठाँउ चोक चोकमा संघर्ष गर्दै हिडेको हिमालयन टाईकुनलाई जानकारि दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय