
नेचा सल्यान गाउँपालिकामा गठवन्धन भई माओवादी केन्द्रबाट भुपेन्द्र कटेल अध्यक्ष पदमा र नेकपा (एकिकृत समाजवादी) बाट उपाध्यक्ष पदमा डिल्ली राई चयन हुनु भएको छ।
देश र जनताको पिर, मर्का देश विकास परिवर्तन गराउनु पर्छ। माक्स वाद र लेनिनवादको विचार धारा बोकी गाउँपालिकामा जनताको घर दैलोमा आउँदै हुनुहुन्छ । राई एक जनतासामु कर्तव्य निष्ठ व्यक्ति हुन। उहाँ नेकपा (एकिकृत समाजवादी) को प्रदेश कमिटी सदस्य भई जिल्ला कमिटी सचिव भई कार्यवहार चलाउँदै हुनुहुन्छ ।



२०७५ मा उहाँ नेकपा जिल्ला कमिटी सचिवालय सदस्य २०७० सालमा नेकपा एमालेमा छैटौँ जिल्ला अधिवेशनबाट सचिवको प्रत्यासी सचिवालयको जिम्मेवारी पार्टी स्कुल विभाग भई काम गर्दै आउनु भएको र नेकपा एमालेमा हुँदा नि आफ्नो कम्युनिष्ट सिद्धान्तलाई नै उहाँले लिनु भएको हिमालायन टाइकुनलाई प्रष्ट पार्नु भयो।
राईले आफ्नो विद्यार्थीकालमा पनि राजनितीलाई स्पष्ट विचारधारा बोकी २०५१ सालमा मा.वि. अध्यक्ष २०५४ सालमा उच्च मा.वी अध्यक्ष भई २०६२ सालमा अनेरास्ववियुमा जिल्ला अध्यक्ष सम्हाल्दै आफ्नो राजनिती इतिहासलाई तिस वर्ष भन्दा बढी योगदान दिनु भएको कुरा राईले स्पष्ट पार्नु भयो।
यसरी ईतिहास पल्टाउँदै जाँदा उहाँ एक पराक्रम, निष्ठा र इमान्दारी नेताका रुपमा चिन्न सकिन्छ । राईले अहिलेको चुनावमा ‘जनतामा जाउँ नेकपा (एकिकृत समाजवादी) जिताऔँ ’ अभियानका साथ गाउँमा जाँदै हुनुहुन्छ।