काठमाडौं/नेपाल एक बहुजाति,बहुभाषि भएको देश हो । त्यसैले यहाँ धेरै जाति,धेरै भाषा बोल्ने मानिसहरुसहित सगरमाथाको घुम्टो ओढेर दुई ढुङ्गा बिचको तरुल भनेर चिनिने देश नेपाल हो । त्यसैगरी यहाँ विभिन्न धर्म,संस्कार संस्कृति मनाउदै गर्दा आज माघ एक गते थारुहरुको महान चाड हो भने किरातीहरुको भने आजको दिनलाई आर्थिक बर्ष (नयाँ साल लाग्ने दिन हो ।

नेपालमा अहिल्लै विभिन्न प्रचलन आएको देखिएसँगै (जनवरी १ लाई नयाँ साल अग्रेजी भनीए जस्तै किरात भित्रको पनि माघ १ गतेलाई नयाँ बर्ष मान्ने चलन किरातभित्र रहेको बाहिङ जातिको बाहिङ किरात मुलुखिमका केन्द्रिय महासचिव धिरेन सुस्तोचा र बाहिङ किरात मुलुखिमका भातृ संगठनका युवा अध्यक्ष करुणा बाहिङ सहितको टिमले आज माघ १ गते के हो र किराती भित्रको नयाँ बर्ष कुन हो भनि केहि आफ्ना कुराहरु हिमालयन टाईकुनलाई जानकारि दिनु भयो । यस्तै विभिन्न जातिमा जस्तै बाहिङ जातिभित्र पनि एक आफ्नै किसिमको पहिचान रहेको कुरा बाहिङ किरात मुलुखिमका केन्द्रिय सचिव देब के बाहिङले प्रष्ट पार्नु भयो । जस्तै- लिम्बु,साम्पाङ,चाम्लिङ,बान्तावा,सुनुवार,कुलुङ,थुलुङहरुमा जस्तै बाहिङ जातिमा के– के फरक पाउन सकिन्छ त बाहिङ किरात मुलुखिमका महासचिव,सचिव,बाहिङ किरात मुलुखिमका युवा अध्यक्ष,उपाध्यक्ष, सदस्यहरुको भनाई जस्ताको तस्तै –

१ बाहिङ जातिको आफ्नो पहिचाहन छ जस्तै अरु जाति चाम्लिङ्,सुनुवार,बान्तावाले ,लिम्बुले जस्तै चण्डी नाच नाचदैनन् ।
२ चण्डी नाच बाहिङ जातिको होईन्न
३ बाहिङ जातिको आफ्नै नाच हुन्छ त्यसरी प्रत्यक्ष अरु जातिको जस्तै देखाउदैन्
४ बाहिङ जातिको आफ्नै छुट्टै पहिचाहन र भाषा हुन्छ र बाहिङ जातिले आफ्नो नाच पुस माघमा आ–आफ्नो समुदायमा मात्र गर्ने गर्दछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय