
काठमाडौं / चर्चित पत्रकार ऋषि धमलाले शाही शासनकालमा आफूलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शाही शासनकालमा मन्त्री पदको अफर आएको तर आफूले त्यो अफरको ठाडै अस्वीकार गरेको बताएका हुन् ।शाही शासनकालमा सञ्चारमन्त्री बन्ने दरबारको प्रस्ताव आफूले अस्वीकार गरेको भन्दै उनले आफुले ब्यक्तिगत स्वार्थमा नलाग्ने र जनताको हितमा काम गर्ने भनेर नै मन्त्री पद अस्वीकार गरेको बताए । उनले भने, ‘मलाई, राजाको शासनमा मन्त्री बन्न अफर आएको थियो, मैले त्यतीखेर अस्वीकार गरेँ, सञ्चारमन्त्री वन्ने अफर आएको थियो। ऋषि धमलाले त्यसरी वहस गथ्र्यो, रिपोर्टस क्लबमा। लोकतन्त्रको पक्षमा। कुनै पनि इस्युमा रिपोर्टस क्लबमा वोलिसकेपछि हप्तौंसम्म त्यस विषयमा वहस हुन्थ्यो’ भन्दै उनले त्यसैका कारण आफुलाई मन्त्री पदको अफर आएको वताए । तर मैले ब्यक्तिगत स्वार्थका लागि। मैले भने मन्त्री वन्न चाहान्न।
दरवारबाट त्यस्तो अफर आएको थियो।’– उनले भने। ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। सोही क्रममा आफुलाई मन्त्री वन्ने अफर आएको धमलाको भनाई थियो।



दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए। अन्ततः ०६३ बैशाख ११ गते आफ्नै अर्को शाही घोषणाबाट उनी सत्ताच्यूत भए र नारायणहिटी छोडेर नागार्जुनमा वस्न थाले। त्यो विषयमा प्रतिक्रिया दिने क्रममा धमलाले पुर्वराजा ज्ञानेन्द्र उदार भएकैले सजिलै नेपालमा लोकतान्त्रीक गणतन्त्र आएको दावी गरे ।