काठमाडौं / प्रहरीले ललितपुर जिल्लामा कौडा खेलिरहेका ७ जनाको समूहलाई पक्राउ गरेको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका–१५ ताल्छिखेलमा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने ३७ वर्षीय पवित्र महर्जन, ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय महेश श्रेष्ठ, ललितपुर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय विकास शाक्य रहेका छन् । ललितपुर महानगरपालिका–७ बस्ने ३२ वर्षीय सुमन महर्जन, बाराको गढीमाई नगरपालिका–४ वतन भई ललितपुर बस्ने २४ वर्षीय रोशनकुमार साह, चितवनको रत्ननगर नगरपालिका–४ घर भई ललितपुर बस्ने २९ वर्षीय विनोद नेपाल र धादिङको धुनिवेशी नगरपालिका–७ थाक्रे घर भई ललितपुर बस्ने २४ वर्षीय मनीष पण्डित रहेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद २ लाख १३ हजार ५ सय ४७ रुपियाँ र १६ वटा कौडासहित फेला पारी पक्राउ गरेको थियो । उनीहरू उपर जिल्ला अदालत ललिरपुरबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर