सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वडा न.६ धापमा अवस्थित बिजुवा थानले एक प्राचिन सभ्याताको पहिचान दिएको छ । स्थानिय अग्रजका अनुसार लडाईका क्रममा र शिकार खेल्ने सिलसिलामा किरात राई लिम्बु समुदायका केही संख्यामा धापमा आई झोडा फडानी गरी बस्ती बसाएको कुरा प्रष्ट हुन्छ । पुरातात्विक तथा सांस्कृतिक सम्पदाको केही अवशेषहरु नपाईएको कुरा ८६ बषिय ललितमान आलेले जानकारी दिए । वर्षमा एक चोटी नयाँ बाली पाक्ने र थन्काउने उभौली समयमा सामूहिके भूमेपूजाको रुपमा बिजुवा थानमा सुँगुरलाई वलि दिने प्रचलन परापूर्वकालदेखि चलिआएको कुरा मगरले बताए । बिजुवा थानसगैं रहेको कालिका देवी, महाँकाल, देवी त्यस्तैगरी नागनगेनी झाक्रीको मन्दिर र गणेश मन्दिर पनि खेतको बीचभागमा रहेको छ । बिजुवा थान र मन्दिर परिसरमा सनी, सिमल ,काली काठ, असारे र पड्केको रुखसमेत रहेको छ ।
सडकको सुविधा नहुँदा काठमाडौं,चरीकोट,दोलखा,रामेछाप लगाएतका चुरेभावर क्षेत्र र पहाड जोड्ने मुख्य बाटो घ्याम्पा डाँडा नजिक रहेकोले पूर्व क्षेत्रमा रहेका शिकारी किराती यस क्षेत्रमा प्रवेश गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । केही वर्ष अघि चट्याङले बिजुवा थानमा रहेको विशाल सिमलको रुखमा क्षति पुराएकोले बिचभागबाट ढलेको छ । सुँगुर नभए कुखुराको वलि पनि दिन सकिने बिजुवा देवता शक्तिशाली भएको धारणा ४२ बषिय स्थानिय ओम बहादुर आलेले बताए । थान वरिपरिको जग्गा आफ्नो भएकोले ढलेको काठ काट्दा समेत विरामी भएको आलेले जानकारी गराए ।
बिजुवा थानमा कामी जातिले त्रिशूल नचढाए गाँउमा बसोबास नफाप्ने कुरा स्थानियले बताउने गरेका छन् । पूजाको समयमा महिला, केटाकेटी, वृद्ध सबैजना सहभागी हुन मिल्ने केही बार्न नमिल्ने, चोखोनितो भएर पूजा गर्नु पनर्,े मासु खाएर मन्दिर परिसर जान नहुन,े यदी त्यस्ता व्यक्ति प्रवेश गरेको खण्डमा मान्छे र गाईवस्तुमा बिरामी हुने र जनधनमा क्षति पुग्ने जनविश्वासमा रहेको छ । प्राचिन समयमा देवीको मन्दिर क्षेत्रमा जरुवा पानीको स्रोत भएकोले दिदी त्यस क्षेत्रमा दब्दबे हिलोमा फस्दा बहिनीे तान्दा दुवै डुबेर गायब भएकोले त्यहाँ स्थापित थानको नाम महाँकाली र काली नामकरण गरिएको छ । जुन थानमा वि.सं.१८६३ मा अर्जुन आलेले चढाएको घण्टीसमेत पाईएकोले बिजुवा थानको ईतिहास र देवी स्थानका्े स्थापना करिब ३०० बर्ष भन्दा बढी भएको अनुमान लगाउन सकिन्छ ।

किराती समुदायमा प्रख्यात मोतीमाला र सी मालासमेत करिब एक सय बर्ष अघि सम्म पाईएको कुरा स्थानिय व्यक्तिहरुले बताउने गरेका छन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ५० किलोमिटर पूर्वी दिशामा रहेको यस ऐतिहासिक बिजुवा थानको उत्तरमा फिक्कल र गोलान्जोर गाउँपालिका, पश्चिममा कमलामाई नगरपालिका, पूर्वमा दुधौली नगरपालिका र दक्षिण दिशामा कमलामाई नगरपालिका र दुधौली नगरपालिका अवस्थित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय