काठमाडौं /नेकपा (एकीकृत समाजदादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् ।

एमाले ओली अध्यक्षले आफ्नो पार्टीका जिल्ला अधिवेशन उद्घाटनका क्रममा “राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकुल आउन सक्ने” बताएका थिए । सोही भनाईलाई उदृत गर्दै अध्यक्ष नेपाले ओलीले आफ्नो दम्भी स्वभाव देखाएर चुनाव नजित्ने दावी गरेका छन् । अहिल्यै नेपाल समुहका विभिन्न भातृ संगठन विस्तारीत हुदै गर्दा ओलीको केही पहिलाको जस्तो विभिन्न चर्तु्याई,कुविचारका कारण आफ्नो पार्टीमा नै विभिधता रहने विचार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर