काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपालको प्रचार विभागको बैठक आज संघको केन्द्रिय कार्यालय बबरमहलमा सम्पन्न भएको छ । युवा संघ केन्द्रिय कमिटीको आयोजनामा यही माघ २२ गते काठमाडौंमा हुने “युवा साँझ सांस्कृतीक कार्यक्रम” सफलरुपमा सम्पन्न गर्नका लागि प्रचार प्रसार कार्यलाई तिब्रता दिने निर्णय भएको छ ।
यस्तै संगठन निर्माण,संगठनले गर्ने कार्याक्रमलाई व्यवस्थित रुपमा प्रचार प्रसार गर्ने निर्णय भएको सचिवालयका सदस्य देब के बाहिङले हिमालयन टाईकुनलाई जानकारी दिनुभएको छ । केन्द्रिय सचिव एवं कार्यालय प्रमुख नरेश गिरीका अनुसार कमिटीको संयोजकमा तेन्जिङ भोटिया र सदस्यद्धयमा सुजल थापा र सुबास अर्याल रहेका छन् । युवा साँझ कार्याक्रमको संयोजन संघका केन्द्रिय सचिव शुशिल भट्टराईले गरेका छन् । युवा साँझ कार्याक्रममा कलाकारहरु जिवन शर्मा, मनोज गजुरेल, हेमन्त शर्मा, महेन्द्र राई,जमुना सनम, दिपा तामाङ,रमेश बोखिम तथा प्रकाश घायल समेतको सहभागिता हुने भट्टराईले बताए । संघका उपमहासचिव एवं प्रचार बिभागका प्रमुख संजिव राईको अध्यक्षतामा बसेको बैठकमा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं युवा इन्चार्ज दिलु पन्त,युवा संघका उपाध्यक्ष नितेश पौडेल,पुर्व सचिव ध्रुव यादव लगायतको विशेष उपस्थिति रहेको संघका केन्द्रिय एवं प्रचार विभागका सदस्य लक्की राईले बताए ।