काठमाडौं/ इन्जिनियर युवराज थापाले नेपालमै पहिलो चोटी चेक डिपोजिट गर्ने मेसिन बनाएका छन् । विभिन्न गा्रहक सेवा ग्राहिलाई लाइनमा बसेर समय खर्चीलो नहोस भन्ने खातिर यो मेसिन बनाएको जानकारी थापाले हिमालायन टाईकुनलाई जानकारी दिनुभयो ।
कसरी जम्मा हुन्छ यो मेसिनमा चेक
यो मेसिनमा अटोमेटेड मेसिनको सहायताले केहि क्लिकमै चेक डिपोजिट गर्न सकिन्छ । उनका अनुसार यस मेसिनमा सेन्सर सिस्टम जडित गरिएको छ । मेसिनको वरिपरि कोही मानिस नभए मेसिन आफैं लो–पावरमा जाने र ६ मिटर दुरीसम्मा कोही मानिस भए मेसिन आफै चल्ने थापाले बताए । उनका अनुुसार वरिपरि कोही मानिस नभए मेसिन १० मिनेटमै बन्द हुने बताए । जसले गर्दा अनावश्यक बिजुली खपपत हुन पाँउदैन् । अहिल्यै प्रोटोटाइपमेसिनमा चेक डिपोजिट मात्र गर्न मिले पनि भविष्यमा यसबाट पैसा डिपोजिट चेक प्रिन्ट ,भुक्तानी गर्न मिल्ने सुविधा थप्ने उनको योजना छ । अहिल्यैलाई यो मेसिनले कुनै पनि बैंकको चेकलाई आफै स्क्यान गरेर चेक डिपोजिट गर्छ ।

प्रोटोटाईप मेसिनबाट चेक डिपोजिट गर्न तीन क्लिक गरे पुग्छ । पहिला आफ्नो बैंकको अकाउन्ट नम्बर टाइप गर्ने । प्रयोग गरिरहेको फोन नम्बर र डिपोजिट गर्न चाहेको रकम राख्ने र स्क्यान थिच्ने अन्त्यमा मेसिनले प्रकृया पुरा गरेपछि बैंकिङ स्लिप लिने । मेसिनले चेकको एमआइसि आर कोड पढछ र कुन बैंकको चेक हो प्रोसेस गर्छ । यदि केरमेट भएको चेक मेसिनले रिड गर्दैन् र बाहिर फिर्ता पठाईदिन्छ ।
थापाका अनुसार यो मेसिन बनाउन चैध महिना लाग्यो मेसिन बनाउन चाहिने सामान सबै बिदेशबाट झिकाउनु पर्ने भएको कारण झनझट भएको उनको भनाई छ । यो मेसिन कम्तीमा पाँच बर्ष टिक्ने र माग भयो भने पाँच लाख भन्दा कम रकममा नेपालमै उत्पादन गरी बिक्री बितरण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय