काठमाडौं/ पछिल्लो समयमा विभिन्न विवादका कारण चर्चामा आएका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराको सम्पतिको कुरा गर्ने हो भने आज भन्दा डेढ वर्ष अघि काठमाडौंको भाटभटेनीमा महँगो जग्गा किनेको भेटिएको छ । काठमाडौंको महानगरपालिका–५,भाटभटेनीस्थित ७ नम्वर कित्ताको डेढ रोपनी जग्गा प्रधानन्याधिशको पत्नी रेजी राणाका नाममा किनेको मालपोत कार्यालयको अभिलेखमा देखिन्छ । राणाले २४ आनाा जग्गा र त्यसमा बनेको घर ८ करोड २५ लाख रुपैयाँमा किनेको मालपोतको रेकर्डमा छ ।

अहिल्यै त्यहाँको बजार भाउ आनाको १ करोड पर्ने जग्गा व्यावसायीहरुले बताउने गरेको पाईन्छ । अहिल्यै मूल्याङ्कन गर्दा २४ करोड पर्ने देखिन्छ । प्रधानन्याधीशको पत्नी मात्र गृहिणी हुन् । उनले यति धेरै मूल्य पर्ने घरजग्गा कसरी आयो खुुलेको छैन् । यस अघि पनि राणाले ठमेल र धुम्बाराहीमा महँगो जग्गा किनेको देखिन्छ । २०६५ मंसिर ४ गते ठमेलस्थित सञ्चय कोष भवनभन्दा पूर्वदक्षिणमा २० आनामा दुईवटा घर किनेकी थिइन् । यो जग्गा र घर उनले छिमी डोलकरलामाबाट किनेकी डिल्ली बजार मालपोत कार्यलय अभिलेखअनुसार पाइन्छ । डाक्टर गोविन्द केशीले यो घर जग्गा कुन स्रोतबाट किनीएको हो । छानविन होस भनेर सम्पति शुद्धीकरण विभागमा उजुरु दिएका छन् भने गृहिणी राणाले यी सम्पतीको वैध स्रोत प्रमाणित गर्न नसके उनीविरुद्ध सम्पति शुद्धिकरण ऐन अनुसार मुद्दा लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर