काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थिीत रहेको अल नेपाल युवा क्लवको आयोजनामा यहि २०७८ साल माघ महिनाको १७ गतेबाट माघको १९ गतेसम्म हुने खुल्ला पुरुष भलिवल प्रतियोगीतामा देशैभरका विभिन्न संघ संस्था देखि विभिन्न खेल प्रेमीहरुको लागी यो आयोजना गर्न लागेको क्लवका सचिव शुदेस राईले जानकारी दिएका छन् ।

खेल गोकर्णेश्वर महानगरपालिकामा पर्ने आरुवारी, गैरीगाँउमा हुने अल नेपालका राईले हिमालयन टाईकुनलाई जानकारी दिएका छन् । यस क्लवले आयोजना गरेको खेलमा अन्तराष्ट्रिय नियम अनुुसार खेलाईने छ । खेलमा टि.टि सिस्टममा नै खेलाईने र खेलमा कुनै पनि विवाद आएमा आयोजक र रेफरीको निर्णय मानी खेलाडीले बुझीदिनु पर्ने राईले बताएका हुन । खेलमा यस क्लवले अहिल्यैसम्मकै धेरै राम्रो धन राशिको पुरस्कारहरु राखेको कुरा राख्दै अब आउने भावी पिडिहरुलाई जागरुक बनाउनको लागी यो आयोजनाले पनि उत्साह ल्याउने कुरा राईको जिकिर रहेको पाईन्छ । खेलमा उत्कृष्ट ब्लकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट लिफटरलाई आयोजक टिम मार्फत ट्रफि मेडल र प्रमाण–पत्र दिईने कुरा क्लबका अध्यक्षयले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय