
न्युयोर्क / फुटबल बादशाह डियगो म्याडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ । करिव १३ हजार २ सय डलर मुल्यवराबरको हबलट वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबइ प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानाकारी दिएका छन् । अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् । आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।
हुसेनले म्याराडोनाको सम्झनामा बनाइएको सीमित संस्करणमा निकालिएको हुब्लोट घडी दुबईस्थित एउटा कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्दा चोरेका थिए। म्याराडोनाको सम्झनामा बनाइएको घडीमा उनको हस्ताक्षर र जर्सी नम्बर पनि राखिएको छ। घडी हराएपछि दु्बइ प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो । गत वर्षको नोभेम्बरमा म्याराडोनाको निधन भएको थियो। म्याराडोनाले सन् १९८६ मा भएको विश्वकपको उपाधि अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


