काठमाडौ /यो खबर बाहिर आएसँगै विश्व चकित बनेको छ । अब मानिसलाई प्रविधिले विस्थापित गरेको छ । यो ड’र पहिलेदेखि नै थियो । भर्खरै अमेरिकी वैज्ञानिकहरूले बनाएको जीवित रोबोटले सन्तान जन्माउन सक्ने भएको छ । अमेरिकी वैज्ञानिकले बनाएको जिनोबोट नामक जैविक रोबोटले वनस्पति र प्राणीको भन्दा फरक तरिकाले सन्तान उत्पादन गर्न सक्ने सीएनएनले प्रमुख खबरमा लेखेको छ । आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पहिलो पटक डिजाइन गरिएको सिनोबोटले आफ्नो मर्मत आफैं गर्न र आफू जस्तै सन्तान जन्माउन सक्छ । जैविक रोबोटसम्बन्धी नयाँ अध्ययनलाई पीएनएएस नामक जर्नलमा सोमबार प्रकाशित गरिएको छ ।

कच्चा पदार्थबाट आफू जस्तै सन्तान जन्माउन सक्ने स्वचालित रोबोटको अवधारणा पहिलो पटक सन् १९४८ मा हंगेरीका गणितज्ञ जोन भोन न्युम्यानले अघि सारेका थिए । हाल आएर न्युम्यानकको अवधारणाले सार्थकता पाएको छ। आफैं सन्तान जन्माउन सक्ने रोबोट जैविक रुपमा बनाइएको हो। अर्थात् यो एल्युमिनियम, प्लास्टिक वा स्प्रोकेटबाट बनेको रोबोट होइन। प्रजनन क्षमता भएको मूल रोबोट र यसबाट जन्मिने सन्तानमा पूरै जैविक गुणहरू हुन्छन् । अफ्रिकामा पाइने जिनोपस लेभिस नामक भ्यागुताको ‘स्टेम सेल’ (मूल कोषिका) बाट निर्माण गरिएको हुनाले सन्तान जन्माउने पहिलो रोबोटको नाम जिनोबोट राखिएको समाचारमा उल्लेख छ । एक मिलिमिटरभन्दा कम चौडाइ रहेको जिनोबोट हिड्न, समूहमा काम गर्न र आफ्नो उपचार आफैं गर्न सक्छ । जिनोबोटलाई भर्मोन्ट, टुफ्ट्स र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका हुन् । प्राणी वा वनस्पतिको भन्दा निकै भिन्न प्रकारको जैविक प्रजनन क्षमता पत्ता लागेपछि वैज्ञानिक आफै चकित बनेका छन् ।

‘यसबाट म चकित भएको छु’, नयाँ अनसन्धानमा संलग्न टुफ्ट्स विश्वविद्यालयका जीवशास्त्री माइकल लेभिनले भने । वैज्ञानिहरूले जिनोबोट बनाउने क्रममा भ्यागुताको भ्रूणबाट जीवित ‘स्टेम’ कोशिषा लिकालेर कोरल्नका लागि इन्कुबेटरमा राखेका थिए । अनुसन्धानको नेतृत्व गरेका भर्मोन्ट विश्वविद्यालयका रोबोट विज्ञ एवं कम्प्युटर वैज्ञानिक जोश बोनगार्डले भ्यागुताको कोशिषामा कुनै आनुवंशिक परिवर्तन नगरिकनै जैविक रोबोट बनाएको बताए । अधिकांश मानिसले धातु वा सेरामिक्सबाट रोबोट बन्ने ठान्छन् तर मानिसका लागि आफैं काम गर्न सक्ने रोबोट यसरी मात्रै बन्दैन’, बोनगार्डले भने, ‘यसरी हेर्दा यो रोबोट पनि हो र आनुवंशिक परिवर्तनबिनै भ्यागुताको कोषिकाबाट बनेको जीवित वस्तु पनि हो ।’ सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित खवर