काठमान्डौ/ गायिका प्रविशा अधिकारीले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी छन्। प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो । वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको थियो । गायिका प्रविशा अधिकारीले आफ्ना प्रेमी निर्माण सिटौलासँग गत बिहिबार टिकाटालो गरेकी थिइन्। प्रविशासँग विवाह गर्नकै लागि निर्माण केही समय अगाडि अमेरिकाबाट नेपाल आएका हुन्।

प्रविशाले गाएका दर्जन बढी गीतले दर्शकको मन जितिसकेका छन्। निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् ।दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे कार्यक्रम आयोजना भएको हो । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित भएका थिए ।

उनिहरु एक बर्षयता सम्बन्धमा थिए ।निर्माण झापा चारपानेका हुन् ।  गायिका प्रविशा अधिकारी अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।दशैंअघि प्रविशा र निर्माणबीच पहिलो पटक भेट भएको थियो । त्यसअघि उनीहरुको बोलचाल फेसबुकमा मात्र सीमित थियो ।

निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले बुझेर निर्णय लिने भनेकी थिइन् । निर्माणको बानी ब्यहोरा मन परेपछि उनी बिहेको लागि राजी भएकी थिइन् ।पछिल्लो समय आधुनिक गीतमा निकै जमेकी प्रविशाले अहिले ‘द भ्वाइस किड्स’ मा कोचको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।

उनले गाएका फिल्मका गीतहरु पनि निकै चर्चित छन् । फिल्म ‘रोज’ को ‘फूल हैन’ गीत गाएपछि चर्चामा आएकी उनको ‘प्रेमगीत ३’ मा समावेश ‘हर युग होस्’ गीत पनि लोकप्रिय छ । उनको गायन कलासँगै सुन्दरताको पनि उतिक्कै प्रशंसा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर