काठमाडौं /सुर्दशन थापाको निर्देशनमा बनाईएको नेपाली सिनेमा “सम्हालिन्छ कहिल्यै मन” नेपाली डेट अनुसार फागुन २७ गते रिलिज हुने भएको छ । उत्त सिनेमाका कलाकारहरु भने पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको सिनेमाले शुक्रबार रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको हो ।

अघिल्लोपटक कोरोभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक सिनेमाको प्रदर्शन मिति सारिएको थियो। सम्हालिन्छ कहिले मनको जारी पोस्टरमा तीन मुख्य पात्रलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । कभर गायक सोनम तोप्देनले यही सिनेमाबाट अभिनयमा डेब्यू गर्दैछन्। उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रुचाइएका गायक हुन्।

सिनेमाका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा हुन्। बेलायत र नेपालमा छायांकन गरिएको म्युजिकल लभस्टोरी सिनेमालाई दर्शकले मन पराउने विश्वास निर्माता अजित कुमार थापाले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय