काठमाडौं सम्वाददाता /नेपालमा अहिल्यै विभिन्न तरिकाले टिकटकबाट आफ्नो परिचय बनाउने प्लेटफर्म कोठा, विभिन्न डाँडाकाँडा र खोलानालामा मात्र थियो भने अब टेलिभिजनमा नै रियालीटि सो हुने भएको छ । यो आयोजना नेपाल शिखर प्रा.लि.ले गराउने भएको छ । शोमा अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिनेछ। उक्त शोका निर्णयकहरु कलाकार गौरी मल्ल, रमेश उप्रेती र बर्षा सिवाकोटी रहनेछने ।

टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने विश्वासले शोको निणर्यक हुन आफुहरु तयार भएको उनीहरुको भनाई छ । प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको छ। सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा संचारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्धारा सम्मानित भएका छन् । टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेृटफर्म बनाउंन सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाए। गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्तसम्म आव्हान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय