काठमाडौँ /महानायक भनेर चिनिने कलाकारका हस्ती राजेश हमाल श्रीमतीसँग दुबईमा रमाउदै । विभिन्न कलाकारको आ–आफ्नो रुचिअनुसार विभिन्न ठाउँमा रमाईलो गर्न जाने गर्छन त्यस्तै राजेश हमालले आफ्नो छुट्टी मनाउन दुबई गएको पाईएको छ । अभिनेता राजेश हमाल छुट्टी मनाउँदै छन् । लामो समय पछि अभिनयमा फर्किन लागेका राजेश चलचित्र ‘सत्यम’ को वर्कसप सकेसँगै दुबई भ्रमणमा गएका हुन् ।

उनी श्रीमती मधुको साथ दुबई पुगेका थिए । भ्रमणको क्रममा रमेका तस्बिर तथा भिडिओ उनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । त्यहाँ राजेश र मधु दुवै जना धेरै खुसी देखिएका छन् । हिजो उनीहरूको भ्रमणको अन्तिम दिन । हिजोका ताजा तस्बिर समेत राजेशले सञ्जालमा सेयर गरेका छन् । केही दिन अघि मात्रै जन्म दिन मनाएकी मधुलाई खुसी बनाउन उनले यो घुमघामको योजना बनाएका हुन् । अभिनेता राजेश हमाललाई भ्रमण पनि उत्तिकै मन पर्छ ।भ्रमण गर्न मात्र होइन आफू भ्रमण गर्दाका तस्वीर सामाजिक सञ्जालमा राख्नु पनि उनको रुचीको विषय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय