काठमाडौं /किरात महांसंघका बरिष्ट सल्लाहाकार तथा पुर्व अध्यक्ष सम्म रहेका पृथ्वीराज मुकारुङ्ग (बान्तावा) का अनुसार किरात महाजातिभित्रको जाति हो र राई हाम्रो जाति हैन् पद हो भनेर स्पष्ट पार्नुभयो । उहाँका अनुसार ग्वाला र मल्ल शासन पछि पृथ्वीनारायण शाहले आफ्नो शासन नभएको बेला शासनमा जानुको लागी विभिन्न पद दिएका हुन् जस्तै– राई,सुब्बा,मुखिया,गैरुङ आदि पद दिएका हुन । यही पद दिएपछि राई भनेको राजा हो र राईले कुनै पनि आफ्नो एरियाको (क्षेत्रको) तिरो उठाईदिने काम गरेको र यहि पदलाई नै सबैले मानी राई लेख्ने लेखाउने गरेको हो । राई कुनै पनि जाति हैन र यसको कुनै पनि भाषा छैन,पूर्खा छैन र राई हाम्रो जाति हैन किराती भित्रको जाति भनेको त बाहिङ,थुलुङ,कुलुङ,नाछिरिङ,बान्तावा,चाम्लिङ,खालिङ आदि आदि अहिल्यैसम्मका जिवित जातिहरु २९ वटा भाषा बोल्दै गरेको उहाँले हिमालयन टाईकुनलाई प्रष्ट पार्नु भयो ।
मुकारुङ्गका अनुुसार यो जनगणनामा हामीले गणकलाई राई नलेखाई आ– आफ्नो भाषाको थर (दोचा) लेखाई आफ्नो भाषाको संरक्षण गराउन उहाँँले हिमालयन टाईकुनलाई बताउनु भयो । उहाँका अनुसार राई लेखाईयो भने जाति विनाको राई किरता राई राई यायाक्खा मोटाउने काम मात्र हो भनि प्रष्ट पार्नु भयो । राई जाति हैन र राई भनेको राजा हो र यो पदवी मात्र हो विभिन्न भाषा आयोगमा पनि भाषा नै नजानिकन भाषा आयोगमा अगाडि डा. लेखाउनेकारणले अहिल्यैसम्म हामी किरात भित्रको जातिलाई राई भनैदा नक्कली राईहरुले हामी सबैलाई भ्रम फैलाएको हो भन्ने कुरा स्पष्ट छ भनि प्रष्टाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर