
काठमाडौं सम्वाददाता /‘बिपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको पूर्वराष्ट्रपति डा. रामवरण यादवले टिप्पणी गरे। न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको यादवको भनाई छ । कानुनमन्त्रीले उक्त समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुर्याईएको बताए। यादवले सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्नसमेत तेर्स्याए।
‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ। बुद्धिजीविहरू एकातिर छ। संविधानविद्हरू, कानुनविद्हरू एकातिर छ। यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोडदिनँ। केही नभए पनि एक्लै बेञ्चमा बस्छ। कसको तागतमा? सरकार देशको प्रतिनिधि हो, प्रथम प्रतिनिधि हो। सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नुपर्दैन? आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ तर सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ। यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउँको देखाउन सक्छौं?’ पूर्व राष्ट्रपति यादवको भनाई छ ।


