
काठमाडौं /नेकपा एमालेका उपाध्यक्ष भिम रावलल भन्नुहुन्छ । प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर जबरामाथि यस्तो आरोप आउदा नि किन सबै दलहरु चुप लागेका हुन । प्रधानन्यायाधीशविरूद्ध महाअभियोगको प्रस्ताव ल्याएपछि मात्र संसदमा छानबिन हुनसक्ने प्रावधान रहेको उल्लेख गर्दै उपाध्यक्ष रावलले सरकारले कुनै किसिमको समिति बनाएर यो विषय हेर्न सक्ने बताए। रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण १० बुँदे कार्यान्वयनमा समस्या आएपछि कार्यदलबाट राजीनामा दिएको पनि उल्लेख गरे।
म असफल भएको होइन। पार्टीले विधिवत् निर्णय गरेर त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिसकेको हो तर अख्तियारप्राप्त व्यक्तिहरूबाट दसबुँदे कार्यान्वयनमा तत्परता देखाइएन। बरू त्यो कार्यान्वयन गर्न पर्दैन भनेर पार्टी अध्यक्षले नै औपचारिक अभिव्यक्ति दिनुभयो। त्यसैले त्यो कार्यदलमा बस्नुको कुनै औचित्य नदेखेर मैले छाडेको हो,’ उनले भने, ‘त्यो मैले नसकेर होइन, अख्तियारप्राप्त व्यक्ति र संस्थाले कार्यान्वयन नगर्दा बाहिर भ्रम सिर्जना हुनसक्ने हुनाले मैले त्यसबाट राजीनामा दिएको हुँ।


