
काठमाडौं/बलिउड अभिनेत्री नोरा फतेही अहिले एकदमै चर्चामा रहने गरेकी छिन् ।उनी आफ्नो हट फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् । उनको फोटोको एक झलक देख्नका लागि फ्यानहरु प्रतिक्षारत रहने गर्छन् । नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडि नै रहेकी हुन्छिन् । उनी कहिले जिमबाट त कहिले शुटिंग लोकेशनबाट उनी इन्जोय गरिरहेको फोटोहरु फ्यानहरुका लागि शेयर गरिरहेकी हुन्छिन् । हालै उनले आफ्नो एकदमै बोल्ड फोटो सार्वजनिक गरेकी छिन् ।
उनले व्हाइट आउटफिटमा आफ्नो तस्बीर शेयर गरेकी छिन् । यस फोटोमा उनी कटआउट ड्रेसमा देखिएकी छिन् । उनको यो बोल्ड फोटोले इन्टरनेटमा एकदमै तहल्का मच्चाएको छ ।फोटो शेयर गर्दै नोराले क्याप्शनमा लेखेकी छिन्– तपाई मलाई यसरी हेरिरहनु भएको छ कि मैले तपाई लाई कुनै दोस्रो छनौट दिएकी छैन । उनले यो तस्बीर शेयर गरे संगै उनको कमेन्ट बक्समा हर्ट तथा फायर इमोजीको बाढी नै आएको छ । एक दिनमै फोटोमा ३१ लाख भन्दा बढी लाईक आएको छ ।नोरा फतेहीको नृत्य कौशलले सबैलाई प्रभावित पारिरहेको छ । क्यानाडामा जन्मिएको नोराले हिन्दी, तेलगु, मलयालम र तमिल भाषा फिल्महरूमा आफ्नो प्रतिभा देखाईसकेकी छिन् ।



उनी क्यानाडा जन्मिएतापनी उनको आमा ईन्डियन थिईन त्यसैले उनलाई ईन्डिया आउइन् । उनको स्कुल जीवन सकेपछि परिवारमा समस्याहरु बढ्दै गए । उनलाई बाल्यकाल देखिनै बलिउडमा पाईला राख्ने रहर थियो ।इन्स्टाबाट लिइएका केहि तस्बिरहरू…..