काठमाण्डाै / अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्र’त्यारोपण गरेको छ ।अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई ‘सम्भावित चमत्कार’ बताउनुभएको छ ।यो श’ल्यक्रिया गएको वर्षको सेप्टेम्बर २५ मा भएको थियो । जसमा एक अनुवांशिक रूपबाट सं’शोधित दाता जनावर र एक ब्रेन डे’ड (म’ष्तिष्क मृ’त) रो’गी सहभागी थिए ।

ती व्यक्तिका परिवारले विज्ञानको प्रयोगका लागि दुई दिनको अनुमति दिएका थिए । न्युयोर्क विश्वविद्यालय ले’ङ्गोनमा ट्रा’न्सप्लान्ट इ’न्स्टिच्युटका निर्देशक रोबर्ट मो’न्टगोमरीले एक साक्षात्कारमा एएफपीसँग भन्नुभयो, ‘मिर्गौलाले ठिक त्यसरी नै काम गर्यो जसरी गर्नुपर्ने थियो । मिर्गाैलाले फोहर ह’टायो र मूत्र बनायो ।’ झन्डै दुई घण्टासम्म चलेको श’ल्यक्रियामा डाक्टर रोबर्टलाई उहाँका अरू साथीले सहयोग गरेका थिए । बेलायतको ब’र्मिङ्घम विश्वविद्यालयका एक डाक्टर हा’इनेक म’र्जेन्टलले यो समाचार जेनोट्रान्सप्लान्टेशन क्षेत्रमा

महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि भएको बताउनुभएको छ । यसको पुष्टि भए यो अ’ङ्ग प्र’त्यारोपणको क्षेत्रमा एक ठूलो कदम हुने र यसले अङ्गको कमीलाई पूरा गर्न पनि मदत गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर